Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग


  • 14.7K
    Shares

    तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग

    विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ ।

     शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा लम्सालका पाँच जना साथीको समूह ‘साथीसँग मनका कुरा समूह’ ले उस्मानकी दिदीलाई रु तेह्र हजार पाँच सहयोग गरेको हो ।

     जन्मदिनमा गरिने फजुल खर्च कटाएर साथै अनावश्यक गरिने खर्च जोगाएर उपचारमा छटपटाइरहेका बालक अलीका लागि थोरै भए पनि सहयोग गरिएको बताउँदै सबैले खुला मनले सहयोग गर्नसमेत लम्सालले अपिल गर्नुभएको छ ।

     थोपा थोपाबाट समुद्र बन्ने हुँदा सबैको सहयोग भए बालकको उपचार सम्भव हुने लम्सालले बताउनुभयो । यस्तो किसिमको रोग बिरलै मात्रामा देखिने भएकाले स्थानीयदेखि केन्द्रीय सरकारले आर्थिक तथा सम्पूर्ण उपचारका लागि पहल गर्नुपर्ने उहाँले सो अवसरमा बताउनुभयो ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - ११:३५:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij