Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दश शय्याको आइसोलेशन वार्ड निर्माण

दश शय्याको आइसोलेशन वार्ड निर्माण


  • 7.3K
    Shares

    दश शय्याको आइसोलेशन वार्ड निर्माण

    कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो ।

     जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ । आइसोलेशन वार्ड उद्घाटन गर्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी भइरहेको बताउनुभयो ।

     यसअघि उक्त अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका नौवटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि गाउँपालिकाको समन्वयमा थप वार्ड निर्माण गरिने छ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १३:२६:११ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij