२०८२ मंसिर १५ गते सोमवार
कैलाली । धनगढीमा कोभिडविरुद्धको खोप (कोभिशिल्ड)को दोस्रो डोज साउन २८ र २९ गते लगाइने भएको छ।
धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने जानकारी दिएको हो।
उपमहानगरपालिकाले १६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जानकारी दिएको हो। वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने उपमहानगरपालिकाका अधिकृत नारायण शर्माले जानकारी दिए।
शुरुमा भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप भारतले रोकेपछि सोही प्रकारको खोप सरकारले बेलायतबाट ल्याएको हो । एस्ट्राजेनिका नामको उक्त खोप भारतमा कोभिशिल्डको नामले उत्पादन हुँदै आएको छ ।
२०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइनेछ,’ शर्माद्वारा जारी सूचनामा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij