Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस

यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस


  • 8.6K
    Shares

    • images
    यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस
    images

    काठमाडौं। तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा, मेरो पहिचान भन्ने नाराका साथ बुधबार तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावान नेपाल, राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो । उनीहरुले राष्ट्रिय झण्डा दिवसका अवसरमा काठमाडौको माइतीघर मण्डलामा र्‍यालीको समेत आयोजना गरेका थिए ।

    FLAG.jpg

    र्‍यालीमा उनीहरुले राष्ट्रियता भनेको झण्डा, भाषा, संस्कृति, पोशाक, र सम्पदाको संरक्षण हो भन्ने जस्ता प्ले कार्डहरु बोकका थिए । झण्डा दिवस कुनै पार्टी कुनै दलसँग नसमेटिई स्वतन्त्र अभियान्ताहरुले सुरुवात गरेको अभियान भएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डब्यले बताए ।

    पछिल्लो समय राष्ट्रिय झण्डा जलाउने, च्यात्ने, दुरुपयोग गर्ने काम भइरहेकाले राष्ट्रिय झण्डाको उच्च सम्मान गर्न, झण्डाको प्रयोगको कार्यविधि र आचार संहिता बनाउन पनि झण्डा दिवस मनाइएको उनको भनाई छ ।

    FLAGGG.jpg

    विश्वमा नेपाललाई चिनाउने झण्डालाई नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले तीन वर्षअघिदेखि नेपालमा डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १२:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij