Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

तनहुँमा बस दुर्घटना : ७ जना घाइते, १ जनाको अवस्था गम्भीर

तनहुँमा बस दुर्घटना : ७ जना घाइते, १ जनाको अवस्था गम्भीर


  • 3.7K
    Shares

    तनहुँमा बस दुर्घटना : ७ जना घाइते, १ जनाको अवस्था गम्भीर
    images

    सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

    दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्ने २७ वर्षीय राजकुमार बिक सामान्य घाइते भएका छन् । 

    बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ । 
     

    प्रकाशित मिति :श्रावण २५ २०७८ सोमवार - ११:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij