२०८२ भाद्र २ गते सोमवार
धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको पात्ले खोलानजिक आइतबार बिहान बस दुर्घटनाग्रस्त हुँदा आठ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये सात जनाको धनकुटा जिल्ला अस्पताल र गम्भीर अवस्थाका एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । बाक्लो हुस्सुका कारण सडकमा रोकिएको ट्रक नियाल्न नसकेर ठक्कर लागेको प्रहरीको अनुमान छ । दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बस चालक अभिलाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij