Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज समापन हुँदै टोक्यो ओलम्पिक, चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

आज समापन हुँदै टोक्यो ओलम्पिक, चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा


  • 10.3K
    Shares

    आज समापन हुँदै टोक्यो ओलम्पिक, चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा
    images

    काठमाडौँ । गत २३ जुलाईदेखि जापानको टोकियोमा जारी गृष्मकालिन ओलम्पिकको आज औपचारीक समापन हुँदै छ । समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ मा सुरु हुने छ ।

    टोक्यो ओलम्पिकमा विभिन्न ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन आज ८ स्वर्ण पदकको छिनोफानो हुँदै छ । यो ओलम्पिकमा ५ ओटा नयाँ खेल थपिएको थियो । जसमा सफ्ट बल, कराते, सरफिङ, स्केटबोर्डिङ र क्लाम्बिङ रहेका थिए ।

    अहिलेसम्म चीन ३८ स्वर्णका साथ शिर्ष स्थानमा रहँदा अमेरिका ३६ स्वर्णसहित दोस्रो तथा जापान २७ स्वर्ण सहित तेस्रो स्थानमा छन् । त्यस्तै रसियन ओलम्पिक कमीटीले २७ स्वर्ण जित्नदा ग्रेट बृटेनले २० तथा अस्ट्रेलियाले १७ स्वर्ण जित्न सफल भए । त्यस्तै नेदरल्यान्ड, जर्मनी र इटालिले समान १० स्वर्ण जितेका छन् । अन्य देशले भने दोहोरो अंककमा स्वर्ण जित्न सकेका छैनन् ।

    आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन् । आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ ।

    त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । थप स्वर्णको छिनोफानो हुने क्रम जारी रहेको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij