२०८२ भाद्र २ गते सोमवार
सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ जुरढुंगाका अन्दाजी १२ वर्षीय ओमकार ओलीको मृत्यु भएको हो ।
शनिबार साँझ गोठालोबाट घर फर्किने क्रममा चोरपाटा खोलाको गोगन पानीमा आएको खहरेले खोलाले बालकलाई बगाएको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिए । खहरले खोलाले आमा दिलसरा ओली घाइते भएकी छन् ।
उनको कोवाङ्ग झिम्पे स्वास्थ्य चौकी जयचौरमा उपचार पछि घर फर्किएकी छन् । खहरे खोलाले बगाउँदा बालकको शवचार सय मिटर तल फेला परेको उनको भनाई छ । शवको पोष्ट मार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij