२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ‘४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक-फरक विद्यालयको फरक-फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’ पौडेलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np बाट हेर्न सकिनेछ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले एसईईको नजिता निकाल्न गत वर्षजस्तै सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिएको थियो। सोहीबमोजिम बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij