Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै

कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै


  • 8.2K
    Shares

    कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै परीक्षार्थी अन्योलमा परेका छन् ।

    आगामी परीक्षाको तयारीमा बसेका परीक्षार्थीहरु अब परीक्षा होला या नहोला भन्ने अन्योलमा परिरहँदा राष्ट्रिय परीक्षा बोर्डले यसबारे आज निर्णय दिने भएको छ ।

    कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेपछि आवश्यक निर्णय गर्न आज ११ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

    कक्षा १२ को परीक्षा आउँदो ३१ गते शुरू हुँदैछ ।  कक्षा १२ को परीक्षामा करिव चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।

    प्रकाशित मिति :श्रावण २३ २०७८ शनिवार - १०:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij