Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै

कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै


  • 8.4K
    Shares

    कक्षा १२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय दिँदै

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै परीक्षार्थी अन्योलमा परेका छन् ।

    आगामी परीक्षाको तयारीमा बसेका परीक्षार्थीहरु अब परीक्षा होला या नहोला भन्ने अन्योलमा परिरहँदा राष्ट्रिय परीक्षा बोर्डले यसबारे आज निर्णय दिने भएको छ ।

    कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेपछि आवश्यक निर्णय गर्न आज ११ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

    कक्षा १२ को परीक्षा आउँदो ३१ गते शुरू हुँदैछ ।  कक्षा १२ को परीक्षामा करिव चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।

    प्रकाशित मिति :श्रावण २३ २०७८ शनिवार - १०:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij