Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप केन्द्र


  • 4.8K
    Shares

    काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप केन्द्र

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ ।

     महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

     निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो ।

     पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो । अहिलेसम्म महानगरका ७२ हजार ६४४ कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१० जनाको मृत्यु भएको छ ।

     यहाँ तीन हजार ३६३ सक्रिय सङ्क्रमित छन् ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १२:३९:२४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij