Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लागुऔषध कारोबारका गिरोह पक्राउ

लागुऔषध कारोबारका गिरोह पक्राउ


  • 5.3K
    Shares

    लागुऔषध कारोबारका गिरोह पक्राउ

    लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ ।

     असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरीे अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई पनि पक्राउ परेका छन् ।

     लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो ।

     रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बाँनियासहित तीन जनालाई पक्राउ गरेको थियो ।

     प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की फेला पारेको थियो ।

     मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन र नवलपरासीकै सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन पनि लागुऔषध कारोबारमा सम्लग्न देखिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १२:०५:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij