Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण– आगामी पाँच महिनामा झन्डै २ लाख संक्रमित थपिन्छन्

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण– आगामी पाँच महिनामा झन्डै २ लाख संक्रमित थपिन्छन्


  • 7.0K
    Shares

    स्वास्थ्य मन्त्रालयको प्रक्षेपण– आगामी पाँच महिनामा झन्डै २ लाख संक्रमित थपिन्छन्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाले आगामी पाँच महिनामा थप एक लाख ९३ हजारमा कोरोना संक्रमण देखिने प्रक्षेपण गरेको हो ।

    महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरेको तथ्यांकमा पाँच महिनामा ३८ हजार ७ सय ७१ जनालाई अस्पताबाट उपचार सेवा आवश्यक पर्नसक्ने उल्लेख छ । 

    त्यस्तै संक्रमित हुनेमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल, ५ प्रतिशत गम्भीर हुनसक्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) सेवा आवश्यक पर्नसक्ने प्रक्षेपण गरिएको छ । 

    प्रस्तुत तथ्यांकमा साउनमा ५३ हजार ३०७,  भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्र्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ । 

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १६:३७:५३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij