Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नयाँ नागरिकता लिनेको सङ्ख्या बढे

नयाँ नागरिकता लिनेको सङ्ख्या बढे


  • 6.9K
    Shares

    नयाँ नागरिकता लिनेको सङ्ख्या बढे

    जिल्लामा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् ।

     जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अघिल्लो आव २०७६/०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका थिए । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधि गत वर्षको तुलनामा यस वर्ष कम भएको हुँदा नागरिकता लिने व्यक्तिको सङ्ख्या बढेको हो ।

     राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । गत वर्ष २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता, तीन जनाले अङ्गीकृत नागरिकता, ४६३ ले नाबालक परिचयपत्रको आधारमा र १३ हजार ३०७ ले प्रतिलिपि नागरिकता लिएका छन् ।

     अघिल्लो आवमा भने ३१ ले वैवाहिक अङ्गीकृत, दुई जनाले अङ्गीकृत, ७६७ नाबालक परिचयपत्रको आधारमा तथा छ हजार ६४५ ले प्रतिलिपि नागरिकता लिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि नौ हजार १९४ को फारम दर्ता गरिएको छ ।

     अघिल्लो आवमा १६ हजार ५१५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए । अहिले राष्ट्रिय परिचयपत्र चार हजार जनाको बनेर आएको र २०० ले मात्रै लगेको पौडेलले जानकारी दिनुभयो । कार्यालयमा गत आव २०७७/०७८ मा नौ हजार ४९४ ले राहदानीका लागि सिफारिस लिएका छन् ।

     वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उनीहरुले राहदानीको सिफारिस लिएका हुन् । उनीहरुमध्ये आठ हजार ४७५ ले साधारण सिफारिस र एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका हुन । कार्यालयमा अघिल्लो आवमा राहदानीका लागि १२ हजार ४१९ ले सिफारिस लिएका थिए ।

     तीमध्ये १० हजार ३६५ ले साधारण र दुई हजार ५४ जनाले दु्रत सेवा लिएको उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - ११:२८:५३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij