Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ


  • 6.5K
    Shares

    बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

    काठमाडौं,  बालिका बलात्कारको आरोपमा कैलाली र मोरङबाट दुईजना पक्राउ परेका छन्।

    कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    मोरङमा नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-३ बस्ने २५ वर्षीय हिमाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    श्रेष्ठले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १४:२८:३५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij