Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चोरी भएका मूर्ति भेटिए

चोरी भएका मूर्ति भेटिए


  • 4.7K
    Shares

    चोरी भएका मूर्ति भेटिए

    मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा फेला परेको छ ।

     थाहा नगरपालिका– ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति गएराति २ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । मूर्ति चोरी भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी परिचालन गरिएको थियो ।

    खोजी गर्ने क्रममा चोरी भएका मूर्ति थाहा नगरपालिका १० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको पालुङ प्रहरीले जनाएको छ । चोरी भई फेला परेका मूर्ति धामी सुनिलकुमार महर्जनलाई नै जिम्मा लगाइएको छ । चोरी भएका मूर्तिमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, बेतालगायतका छन् ।

     दुईवटा ढकीमा कपडाले पोको पारेर राखिएका मूर्ति तीन जनाले धामीकी श्रीमती कान्छी महर्जनको आँखामा खुर्सानीको धुलो छ्यापेर चोरी गरी भागेका थिए । ती मूर्ति तीन वर्षे जात्रामा धामीको घरबाट विधिवत् रुपमा मन्दिरमा लगेर पूजा गरिन्छ । करीब ७० वर्ष अगाडि प्राचीन मूर्ति चोरी भएपछि हालका मूर्ति ल्याइएको थियो ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १४:२६:३९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij