Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला

कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला


  • 14.1K
    Shares

    कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला
    images

    कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । 

    बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा भागेश्वर गाउपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

    शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १२:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij