Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला

कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला


  • 14.2K
    Shares

    • images
    कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत फेला

    कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । 

    बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा भागेश्वर गाउपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

    शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १३:३७:५० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij