२०८२ मंसिर १५ गते सोमवार
काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij