Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै


  • 4.3K
    Shares

    • images
    जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

    काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ ।

    निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १३:२२:११ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij