Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोनाविरूद्ध खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने, यस्ता छन् नयाँ मादपण्ड र प्रक्रिया!

कोरोनाविरूद्ध खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने, यस्ता छन् नयाँ मादपण्ड र प्रक्रिया!


  • 8.3K
    Shares

    कोरोनाविरूद्ध खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने, यस्ता छन् नयाँ मादपण्ड र  प्रक्रिया!

    संयुक्त अरब इमिरेट्स (यूएई)ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

    यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिन लागेको हो ।

    आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले बिहीबार अर्थात् ५ अगस्टदेखि लागू हुने गरी नेपाली नागरिकलाई यूएई प्रवेश खुला गरेको जनाएको छ । यूएईले लामो समय देखि नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो।

    यी हुन् नयाँ मादपण्ड

    १) यूएईको आवासीय भिसा भएका र यूएईमा कोभिड(१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका ।

    २) यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू(

    – यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति,

    – यूएईमा कार्यरत स्वास्थ्यकर्मी,

    – यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,

    – यूएईमा उपचार चलिरहेका व्यक्ति,

    – विशेष मानवीय परिस्थिति भएका व्यक्ति ।

    यस्ता छन् प्रक्रिया

    १) यूएईको Authority for Identity and Citizenship बाट यूएई प्रवेशका लागि अनुमति लिनुपर्ने ।

    २) ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने ।

    ३) नेपालको विमानस्थलमा Rapid Test हुने ।

    ४) यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने ।

    ५) क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नु पर्नेछ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १२:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij