Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


  • 4.5K
    Shares

    राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाण्डौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन २०७६/२०७७ पेश गर्ने कार्यसूची छ । यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको तथ्याङ्क विधेयक २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव पेश गर्ने बताइएको छ ।

    छलफलपछि उक्त विधेयक पास गरियोस भनि सभासमक्ष प्रस्ताव पेश गर्ने कार्यसूची छ । आजैको बैठकमा प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची छ । भने उक्त प्रस्ताव पास गरियोस् भनि प्रधानमन्त्री देउवाले प्रस्ताव पेश गर्ने बताइएको छ ।

    आजको बैठकमा उर्जामन्त्री पम्फा भुषालले जलविद्युत विधेयक २०७७ पेश गर्ने कार्यसूची रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १२:१०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij