Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, उपकुलपतिसहित ४ जनालाई हटाइने (पत्रसहित)

बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, उपकुलपतिसहित ४ जनालाई हटाइने (पत्रसहित)


  • 3.4K
    Shares

    बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति, उपकुलपतिसहित ४ जनालाई हटाइने (पत्रसहित)
    images

    काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

    प्रतिष्ठानमै पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो ।

    सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा। विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

    सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ)मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अबउप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायत मागहरुमा सहमति भएको छ ।

    त्यस्तै, प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति भएको छ ।

    barta-samiti1.jpg

    barta-samiti2.jpg

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - ११:५६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij