Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानले दिए कडा जवाफ

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानले दिए कडा जवाफ


  • 9.4K
    Shares

    प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानले दिए कडा जवाफ

    नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ ।

    सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ। प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो ।

    केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि त्यसले त बहस नै खडा गरिदियो । तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन । उनी, यो पलको मज्जा उठाइरहेकी छिन् ।

    प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् । प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’ आयुष्मानले जीवनको नयाँ मोडमा रहेको समयमा आलोचना गर्नेहरुलाई जवाफ दिन खोजेका छन् ।

     

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १३:१५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij