Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इजरायल रोजगारीका लागि आवेदन दिने अनलाइन सर्भरमा समस्या, विभागले चाडै नै सेवा सुचारु गराउने

इजरायल रोजगारीका लागि आवेदन दिने अनलाइन सर्भरमा समस्या, विभागले चाडै नै सेवा सुचारु गराउने


  • 15.9K
    Shares

    इजरायल रोजगारीका लागि आवेदन दिने अनलाइन सर्भरमा समस्या, विभागले चाडै नै सेवा सुचारु गराउने

    इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या भएको छ । सोमबारदेखि नै राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतको जीआईडीसीमा पावर फेलियर हुँदा इजरायल रोजगारीका लागि आवेदन दिने ferms.dofe.gov.np सर्भरमा समस्या आएको वैदेशिक रोजगार विभागले जनाएको छ । समस्या समाधानका लागि सोमबारदेखि नै काम भइरहेको भन्दै विभागले चाडै नै सेवा पुनः सुरु गराउन पहल भइरहेको समेत जनाएको छ । 

    इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउन विभागले गएको १२ गते २१ दिनको सूचना दिएर आवश्यक योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत निवेदन दिन मिल्ने व्यवस्था गरेको थियो । 

    इजरायल रोजगारीमा जान चाहनेले आवश्यक कागजातसहित अनलाइनबाटै निवेदन दिन सक्छन् । आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।

    कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुन आवश्यक छ । 

    इजरायलमा काम गरी फर्केका र बाबुआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाको परिवारका सदस्य भने यो प्रक्रिया मार्फत जान पाउने छैनन् ।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - ११:३३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij