२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले "संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७" जारी गरेकी हुन् ।
"नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ," राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो । परिषद्मा अध्यक्ष (प्रधानमन्त्री) र अन्य ४ जना सदस्य पुग्नेपर्ने व्यवस्था छ । उपसभामुख नभएको अवस्थामा सभामुख पनि नगएपछि गणपूरक संख्या नपुगेको हो । परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।
परिषद् बैठक स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। सोही बैठकले परिषद् सम्बन्धी नयाँ अध्यादेश जारीका लागि सिफारिस गरेको अनुमान गरिएको छ । जारी भएको नयाँ अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij