Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ईपीएस उत्तीर्ण गरेकालाई तत्काल कोरिया पठाउन सरकारलाई संसदीय समितिको निर्देशन

ईपीएस उत्तीर्ण गरेकालाई तत्काल कोरिया पठाउन सरकारलाई संसदीय समितिको निर्देशन


  • 9.5K
    Shares

    ईपीएस उत्तीर्ण गरेकालाई तत्काल कोरिया पठाउन सरकारलाई संसदीय समितिको निर्देशन

    कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले ईपीएस उत्तीर्ण कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरिया नेपाली कामदार पठाउन निर्देशन दिएको हो ।

    परीक्षा उत्तीर्ण १० हजार कामदारलाई दक्षिण कोरिया पठाउन सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसैको सुनुवाइ गर्दै कामदारलाई पठाउन निर्देशन दिइएको समिति सभापति रामनारायण विडारीले बताए ।

    बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यसचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरेका कामदारलाई गन्तव्यमा पुर्‍याउन सरकारले समन्वय गर्ने बताए ।  

    यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कामदारहरूलाई खोपको उचित व्यवस्थापन नहुँदा समस्या भएको बताए ।

    यस्तै उनीहरूलाई कोरिया पुर्‍याउन विमानको व्यवस्था मिलाउन कठिनाइ भइरहेको गौतमको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १६:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij