Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

तीन सचिवको सरुवा : अर्थ सचिवमा मधु कुमार मरासिनी

तीन सचिवको सरुवा : अर्थ सचिवमा मधु कुमार मरासिनी


  • 7.3K
    Shares

    तीन सचिवको सरुवा : अर्थ सचिवमा मधु कुमार मरासिनी
    images

    काठमाडौँ  सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो । सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र बुझेका छन् । 

    महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन् । अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो ।

    मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो  ।
    आइतबार आफूले अर्थ सचिवमा सरुवा भएको पत्र बुझेको सचिव मरासिनीले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १२:२८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij