Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एमालेमा विवाद चलिरहेका बेला नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

एमालेमा विवाद चलिरहेका बेला नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


  • 4.0K
    Shares

    एमालेमा विवाद चलिरहेका बेला नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्नका लागि नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्।

    एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ।

    केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन्।

    पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो।

    हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने र माधव समूह सहभागी नभए पनि उक्त बैठक अघि बढाउने तयारी एमाले संस्थापन समूहले गरिरहेको छ।

    अध्यक्ष ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै उनी जस्तालाई एमालेमा स्थान नरहेको अभिव्यक्ति शनिबार पनि दोहोर्‍याएका थिए।

    शनिबारकै अर्को एक कार्यक्रममा वरिष्ठ नेता नेपालले देउवा सरकार सफल हुनुपर्ने धारणा व्यक्त गर्दै फेरि पनि फर्केर प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर जालझेल नगर्न ओलीलाई चेतावनी दिएका थिए। सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - ११:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij