Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एमाले स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा


  • 3.7K
    Shares

    एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा
    images

    काठमाण्डौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

    कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जानकारी दिए । शनिबारका लागि बोलाइएको बैठक माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन भन्दै स्थगित गरिएको थियो ।

    विघटित कार्यदलका सदस्यहरुले अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले शनिबारको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, अब नेपाल समूहलाई नपर्खिन सचिव तामाङले जानकारी दिए ।

    ‘एजेन्डामा के कसरी प्रवेश गर्ने भन्ने मिलाउन हामीले हिजो बैठक स्थगन गरेका हौं,’ कार्यालय सचिव तामाङले आइतबार बिहान नेपालखबरसँग भने, ‘अब बैठक आज त्यही समय र स्थानमा बस्छ।’

    एकता प्रक्रिया अघि बढाउन भन्दै विघटित कार्यदलका नेताहरूको आग्रहपछि हिजो बैठक स्थगन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए। 

    यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको हिजाे सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगन गर्न आग्रह गरिएकाे बताएका थिए।

    तर यसबीच दुई शीर्ष नेता (ओली र नेपाल) बीच आरोपप्रत्यारोप झन् बढेको छ। यसबाट दुई पक्षबीच एकता अझ जटिल बनिरहेको देखिन्छ। 

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - ११:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij