Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोना संक्रमणबाट मलेसियामा नेपाली सुरक्षागार्डको मृत्यु

कोरोना संक्रमणबाट मलेसियामा नेपाली सुरक्षागार्डको मृत्यु


  • 9.0K
    Shares

    कोरोना संक्रमणबाट मलेसियामा नेपाली सुरक्षागार्डको मृत्यु

    काठमाडौं । मलेसियाको बहुचर्चित टप ग्लोब्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा  कार्यरत एक नेपाली कामदारको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । उनी टप ग्लोब्सको मेरु क्लाङस्थित कारखानामा कार्यरत रहेको बताइएको छ । 

    उनी दुई वर्षदेखि सो कम्पनीमा सेक्युरिटी कम्पनीको श्रमिककारुपमा कार्यरत थिए । डिसेम्बर १२ आइतबारका दिन ती नेपालीको मृत्यु भएको मलेसियाका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका  छन् । तर उनको नाम भने गोप्य राखिएको छ । उनलाई कोभिड संक्रमण भएपछि २० दिनअघि नोभेम्वर २१ मा अस्पताल भर्ना गरिएको बताइएको छ ।

    लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्लो समयमा दैनिक १ हजारभन्दा बढी संक्रमितहरु फेला परेका कारण उच्च सतर्कता अपनाइएको बताइएको छ । हालसम्म मलेसियामा ८३ हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ भने १३ हजार ६ सयको हाराहारीमा सकृय संक्रमित रहेका छन् । मलेसियामा हालसम्म ४ सय १५ जनाको कोभिड–१९ संक्रमणका कारण ज्यान गइसकेको छ ।

    मलेसियाका सरकारी अधिकारीहरूले विदेशी कामदार बस्ने होष्टलहरु तथा कार्यस्थल निक्कै साँघुरा भएका कारण कोभिड संक्रमण फैलिएको टिप्पणी गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १२:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij