Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

चीनबाट आइपुग्यो ४० लाख डोज 'भेरोसेल' खोप

चीनबाट आइपुग्यो ४० लाख डोज 'भेरोसेल' खोप


  • 6.3K
    Shares

    चीनबाट आइपुग्यो ४० लाख डोज 'भेरोसेल' खोप
    images

    काठमाडौं । चीनबाट सरकारले खरिद गरेको ४० लाख डोज ‘भेरोसेल’ खोप आज शुक्रबार काठमाडौं आइपुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइ पुगेको हो ।

    शुक्रबार दिउँसो करिव दुई बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।

    निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो ।

    सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्ष माथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी)मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो । चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरस विरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ ।

    प्रत्येक नेपालीलाई कोभिड विरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरी सकेकोले थप खोप खरिद प्रकृया समेत शुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    मन्त्रालयको तथ्याङक अनुसार शुरुवातदेखि हालसम्म जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याएर लगाउन सहज हुने पौडेलले जानकारी दिनुभयो । यसै वर्ष भित्र सबै नेपालीमा खोप लगाइने गरी थप खोप ल्याउने प्रक्रिया शुरु गरेका छौ उहाँले भन्नुभयो ।

    सरकारले आज शुक्रबारसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याइ सकेको र खोप वितरण प्रकृया समेत ५० वर्ष भन्दा माथिका नागरिक र अत्यावश्यक पर्ने नागरिकलाई विहीबारदेखि लगाउन थालेको मन्त्रालयले जनाएको छ ।

    जापान सरकारले पनि खोप उपलब्ध गराउने र कोभिसिल्ड अन्तर्गत खोप ल्याउने प्रकृया समेत अघि बढेकाले खोप पर्याप्त हुने मन्त्रालयको दावी छ ।

     

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १६:०९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij