Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण


  • 5.9K
    Shares

    लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

     आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो ।

     प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

     “संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक ढङ्गले हिँड्ने स्थिति सिर्जना हुुनु हुँदैन । संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १४:५३:२० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij