Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप


  • 4.3K
    Shares

    ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप
    images

    स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन् । 

    प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भन्नुभयो, “आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ ।”

    यसैगरी गोदावरी नगरपालिकामा  ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं  ‘क’ र ‘ख’ वर्गमा परेका  अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ । 

    महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि  आजसम्म खोप उपलब्ध गराइएको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १४:३१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij