Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, आठजना घाइते

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, आठजना घाइते


  • 4.7K
    Shares

    म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, आठजना घाइते
    images

    म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् ।

    मृत्यु हुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । उनका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो । 

    चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  जनाइएको छ ।  सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् ।

    जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।

    स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १२:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij