Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एउटै कारागारमा रहेका ३५५ कैदीलाई कोरोना संक्रमण

एउटै कारागारमा रहेका ३५५ कैदीलाई कोरोना संक्रमण


  • 4.9K
    Shares

    एउटै कारागारमा रहेका ३५५ कैदीलाई कोरोना संक्रमण
    images

    मकवानपुर ।   मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारमा ठूलो संख्यामा कैदीलाई कोरोना देखिएको छ ।

    कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो  ३५५ जनाको पोजेटिभ रिपोर्ट आएको कारागार व्यवस्थापनले जानकारी दिएको छ । 

    कारागारका प्रमुख नारायण पाण्डेका अनुसार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा  उनीहरुलाई संक्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तलामा राखिएको पाण्डेले बताए । कोरोना नभएका कैदीलाई तल्लो तलामा राखिएको छ ।  
     
    कारागारमा रहेका धेरै कैदीलाई कोरोना खोप कोभिशिल्ड  लगाइएको थियो । खोप लगाएका र नलगाएका दुवै थरीलाई कोरोना देखिएको हो । 

    यस कारागारमा रहेका केही कैदीलाई नख्खुमा सार्नका लागि परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको थियो । त्यसपछि बुधबार र बिहीबार गरी कारागारका अन्य कैदीको पनि एन्टिजेन परीक्षण गरिएको हो । 

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १२:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij