Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै


  • 4.4K
    Shares

    ‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । आज यो रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

    जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा आधिकारिकता विवाद भएपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’का आधारमा आधिकारिकता दिने प्रक्रिया अगाडि बढाएपछि ठाकुरले उक्त प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ठाकुरले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा भएको विवाद निरुपण नगरी निर्वाचन आयोग अल्पमत र बहुमतको प्रक्रियामा गएकोले त्यसलाई रोक्न माग गरेका छन् ।

    यद्यपि रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’ प्रक्रिया अगाडि बढाइसकेको छ । र, हेड काउन्टका आधारमा आयोगले उपेन्द्र यादवको समूहलाई आधिकारिकता दिइसकेको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १२:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij