Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै


  • 4.5K
    Shares

    • images
    ‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । आज यो रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

    जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा आधिकारिकता विवाद भएपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’का आधारमा आधिकारिकता दिने प्रक्रिया अगाडि बढाएपछि ठाकुरले उक्त प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ठाकुरले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा भएको विवाद निरुपण नगरी निर्वाचन आयोग अल्पमत र बहुमतको प्रक्रियामा गएकोले त्यसलाई रोक्न माग गरेका छन् ।

    यद्यपि रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि निर्वाचन आयोगले ‘हेड काउन्ट’ प्रक्रिया अगाडि बढाइसकेको छ । र, हेड काउन्टका आधारमा आयोगले उपेन्द्र यादवको समूहलाई आधिकारिकता दिइसकेको छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १२:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij