Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

सिंहदरबारमा दिउँसो ४ बजे सीसीएमसीको बैठक बस्दै, यी हुन् एजेन्डा

सिंहदरबारमा दिउँसो ४ बजे सीसीएमसीको बैठक बस्दै, यी हुन् एजेन्डा


  • 4.4K
    Shares

    सिंहदरबारमा दिउँसो ४ बजे सीसीएमसीको बैठक बस्दै, यी हुन् एजेन्डा
    images

    काठमाण्डौ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजे बस्ने बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बुझिएको छ ।

    निषेधाज्ञा भए पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएपछि रोकथाम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुनेछ ।

    हिजो मात्र देशभर ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य विज्ञले स्वास्थ्यका मापदण्ड पालना नगरे कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् ।

    सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माका अनुसार आज बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुनेछ ।

    “पछिल्लो समय संक्रमण बढ्दै गएको छ । यसको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा छलफल हुनेछ,” शर्माले भने ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १२:२१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij