Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

क्रियाशील सदस्यता विवाद : समाधानमा जुटे देउवा, पौडेल र सिटौला

क्रियाशील सदस्यता विवाद : समाधानमा जुटे देउवा, पौडेल र सिटौला


  • 5.8K
    Shares

    क्रियाशील सदस्यता  विवाद : समाधानमा जुटे देउवा, पौडेल र सिटौला
    images

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ ।

    विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्न लागेको हो । बैठक बुढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले जनाएको छ । यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी छ ।

    पहिलो जिम्मेवारी बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । यी जिल्लाबाट ढिलो गरी विवरण आएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले फाइल नै खोलेको छैन ।

    दोस्रो जिम्मेवारी धनुषा-४ र सर्लाही-२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने हो । त्यहाँका कांग्रेस नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्दै आएका छन् ।

    तेस्रो जिम्मेवारी भनेको समायोजनबाट आएका क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापा लगायतको टिमलाई दिने क्रियाशील सदस्यतामा विवाद हुँदा सदस्यता वितरण हुन सकेको छैन ।

     

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - ११:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij