Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज

सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज


  • 4.2K
    Shares

    सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज
    images

    काठमाडौं । पूर्व माओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रुपमा कायम रहन मागदावीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।

    पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

    उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

    आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - ११:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij