Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज

सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज


  • 4.3K
    Shares

    • images
    सांसद पद बर्खास्त भएको तीन महिनापछि पुनर्बहाली माग, न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई आज

    काठमाडौं । पूर्व माओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रुपमा कायम रहन मागदावीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।

    पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

    उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

    आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - ११:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij