Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कोरोना अपडेट : ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

कोरोना अपडेट : ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु


  • 4.9K
    Shares

    कोरोना अपडेट : ३३६५ जनामा कोरोना संक्रमण  पुष्टि, १४ को मृत्यु
    images

    पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो । 

    २४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट  १४  जनाको मृत्यु भएको छ ।हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । 

    कोरोना मुक्त हुनेको संख्या ६ लाख  ५० हजार ४४५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ । 

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १६:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij