Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौंमा ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै

काठमाडौंमा ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै


  • 5.5K
    Shares

    काठमाडौंमा ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै
    images

    काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा भोलि (बिहीबार)देखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुने भएको छ। ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो।

    काठमाडौं जिल्लामा मात्रै ११ स्थानीय तहका ६६ वटा खोप केन्द्रमार्फत खोप लगाइदैछ । यस्तै भक्तपुर र ललितपुरमा पनि सबै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन भएको छ ।

    खाेप लगाउन पाउने समुहमा नेपाल सरकारले अत्यावश्यक सेवा क्षेत्र तोकेका चालक, सहचालक, प्राध्यापक, शिक्षकलगायतले तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने छन् ।

    अत्यावश्यक सेवा क्षेत्रका कर्मचारीहरुले राधस्वामी आईसोलेसन सेन्टर बालजु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बिर अस्पताल रत्नकपार्क, शिक्षण अस्पताल महाराजगञ्ज र निजामति कर्मचारी अस्पताल बानेश्वरमा गएर खोप लगाउन सक्ने छन् ।

    यस्तै खोप अनिवार्य गरिएका देशहरुमा जाने नागरिकले बिरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा  खोप लगाउन पाउँनेछन् ।

    खोप लगाउनका लागि नागरिकताको प्रमाण पत्र, आफ्नो कार्यक्षेत्र अथवा अत्यावश्यक सेवा क्षेत्र खुलाउने परिचय पत्र र खोप अत्यावश्यक गरिएको देशमा जानेले भिसा र पासपोट लगेर खोप केन्द्रमा जानु पर्नेछ । 

    काठमाडौं उपत्यकासँगै देशभर खोप अभियान जारी रहेको छ । बुधबारको तथ्यांक अनुसार ३५ लाख ४४ हजार ४३ जनाले एक डोज खोप र १५ लाख ३ हजार ३१२ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

    तोकिएको लक्षित समुहलाई तोकिएको आधारमा मात्रै खोप लगाउन निर्देशन दिइएको स्वास्थ्य निर्देशनालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले बताएका छन् । १८ गतेपछि भेरोसेलको दोस्रो चरणको खोप अभियान अघि बढाउने स्वास्थ्य निर्देशनालयको तयारी रहेको छ । 

     

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - १२:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij