Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा

पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा


  • 4.3K
    Shares

    • images
    पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा

    काठमाडौँ । चार पूर्वमाओवादी नेताहरुले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमामा परेको छ ।

    एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा अध्यक्ष दाहालले गरेको कारबाही बदर गरिदिन भन्दै बुधबार रिट दायर गरेका थिए ।

    माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।

    त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए । रिटको सुनुवाइ बिहीबारै भइ अन्तरिम आदेश दिनेरनदिने बारे निर्णय हुनेछ ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij