Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा

पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा


  • 4.2K
    Shares

    पूर्वमाओवादी केन्द्रका चार नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा
    images

    काठमाडौँ । चार पूर्वमाओवादी नेताहरुले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमामा परेको छ ।

    एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा अध्यक्ष दाहालले गरेको कारबाही बदर गरिदिन भन्दै बुधबार रिट दायर गरेका थिए ।

    माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।

    त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए । रिटको सुनुवाइ बिहीबारै भइ अन्तरिम आदेश दिनेरनदिने बारे निर्णय हुनेछ ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij