Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल


  • 4.0K
    Shares

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल
    images

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको बताइएको छ ।

    भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले सम्भावित मन्त्रीहरुबारे देउवासँग छलफल गरेको माअ‍ोवादी केन्द्रका एक नेताले जानकारी दिए ।

    ‘मन्त्रीको नाम स्थायी कमिटी बैठकले टुंगो लगाउने भनिएको छ । अहिलेसम्म लगाएको छैन् । सम्भावित मन्त्रीहरुबारे प्रारम्भिक छलफल भएको हो,’ ती नेताले भने ।

    प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनसँग चाँडै मन्त्रीको नाम उपलब्ध गराउन आग्रह गरिसकेका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाले चाँडै नाम उपलब्ध गराउन आग्रह गरेका हुन् ।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले आजै मन्त्रीको नाम दिए भोली मन्त्रीको शपथ गराउन देउवाको तयारी छ । देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएपनि गठबन्धनबाट मन्त्रीको नाम उपलब्ध गराउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:११:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij