Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने

मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने


  • 5.3K
    Shares

    मन्त्रीको टुंगो लगाउन जसपाको बैठक बस्दै, ६ मन्त्रालय पाए आजै सरकारमा सहभागी हुने
    images

    काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ ।

    पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको नेता मोहम्मद इस्तियाक राईले बताए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले ६ मन्त्रालय दाबी गरेको छ । ६ मन्त्रालय दिए आज नै सरकारमा सहभागी हुने नेता राईले बताए । त्यस्तै जसपाले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ ।

    उक्त पार्टीको हिजो बसेको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

     

    प्रकाशित मिति :श्रावण १४ २०७८ बिहिवार - ११:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij