२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा ३८४० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६३४ जना र एन्टिजन परिक्षण गर्दा १२०६ जना गरि जम्मा ३८४० जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार पनि नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका थिए ।
आज थपिएका संक्रमितमध्ये भक्तपुरका ९४ जना, ललितपुरका २०६ जना र काठमाडौंका ५५९ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७१ रहेको छ । हाल संक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।
कोरोना संक्रमणदर २४।२ प्रतिशत रहेको छ । यसरी हेर्दा कोरोना भाइरसको संक्रमण हुनेको संख्या बढ्दो रहेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij