Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पछिल्लोे २४ घण्टामा थपिए ३८४० जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लोे २४ घण्टामा थपिए ३८४० जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु


  • 4.0K
    Shares

    • images
    पछिल्लोे २४ घण्टामा थपिए ३८४० जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लोे २४ घण्टामा नेपालमा ३८४० जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६३४ जना र एन्टिजन परिक्षण गर्दा १२०६ जना गरि जम्मा ३८४० जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार पनि नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका थिए ।  

    आज थपिएका संक्रमितमध्ये भक्तपुरका ९४ जना, ललितपुरका २०६ जना र काठमाडौंका ५५९ जना रहेका छन् । 

    त्यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७१ रहेको छ । हाल संक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।     

    कोरोना संक्रमणदर २४।२ प्रतिशत रहेको छ । यसरी हेर्दा कोरोना भाइरसको संक्रमण हुनेको संख्या बढ्दो रहेको मन्त्रालयले जनाएको छ । 
     

     

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १६:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij