Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

काठमाडौं उपत्यकाको यी ठाउँमा उपलब्ध छ सीजी नेट

काठमाडौं उपत्यकाको यी ठाउँमा उपलब्ध छ सीजी नेट


  • 7.6K
    Shares

    काठमाडौं उपत्यकाको यी ठाउँमा उपलब्ध छ सीजी नेट
    images

    काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उपलब्ध भएको छ ।

    सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा ९रिङरोड० पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, बल्खु र कलंकीमा उपलब्ध भएको हो ।

    अन्य ठाउँमा पनि सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा विस्तार गर्दैछ । सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ । 

    यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुनेछ ।  

    चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै केही समय अगाडि सीजी नेट सुरु गरेको थियो । कम्पनीले सबैभन्दा छिटो र सस्तो सेवा उपलब्ध गराउने जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १५:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij