Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दिनानुदिन गोरखा अस्पतालमा बढ्दै कोभिड १९ का बिरामी

दिनानुदिन गोरखा अस्पतालमा बढ्दै कोभिड १९ का बिरामी


  • 4.9K
    Shares

    • images
    दिनानुदिन गोरखा अस्पतालमा बढ्दै कोभिड १९ का बिरामी

    गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ।

    बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। ‘गत सात गतेदेखि आजसम्म फिभर क्लिनिकमा उपचार गराएका बिरामीको तथ्यांक हेर्दा दोब्बर बढिरहेको देखिन्छ’, उनी भन्छन्, ‘सात गते १३ जना बिरामीले उपचार गराएका थिए। आठ गते १४ जना, १० गते १५ जना ११ गते ११ जना, १२ जना ३१ जना र १३ गते मध्यान्नसम्म २० जना फिभरका बिरामीले उपचार गराएका छन्।’

    "उनीहरुमध्ये कोरोना पोजिटिभ देखिने, अस्पताल भर्ना भएर उपचार गराउनेको संख्या पनि बढिरहेका छन्’, उनले भने, ‘बिगत दुई दिन यता शुन्यबाट पाँचजना, छ जनासम्म कोरोनाका बिरामी उपचार गराउन आउने गरेका छन्।’ 

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १४:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij