Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१८ वर्षीया किशोरीको बयान : बम्जनले सुत्ने कोठामा लगेर बलात्कार गरे

१८ वर्षीया किशोरीको बयान : बम्जनले सुत्ने कोठामा लगेर बलात्कार गरे


  • 10.5K
    Shares

    • images
    १८ वर्षीया किशोरीको बयान : बम्जनले सुत्ने कोठामा लगेर बलात्कार गरे
    images

    यस्तो छ तपस्वी रामबहादुर बम्जनबाट बलात्कृत १८ वर्षीया किशोरीको जिल्ला अदालत सर्लाहीमा दर्ता भएको बयानः

    म २०७१ साल साउन २८ गते गुरु रामलाल बम्जनको दर्शन गर्नका लागि बुबासँग गएको थिएँ। बुबाले मलाई बाराको हलखोरियास्थित बम्जनको आश्रममा छाडेर फर्किनुभयो। म त्यहाँ एक महिनाजति आश्रमको रेखदेख गर्दै बसें।

    त्यसपछि गुरुले मसहित गुरुको श्रीमती दीपशिखा डुम्जन, बहिनी रिन्छेन्मो र विष्णु बल तथा अन्य ४ जना नाम थर थाहा नभएका चेला समेतलाई सिन्धुपाल्चोकस्थित आश्रममा पठाउनुभयो।

    सिन्धुपाल्चोकमा करिब २ बर्षजति आश्रमको रेखदेखसँगै सरसफाई र खाना पकाउने काम हामी आनीहरु मिलेर गथ्र्यौं। २०७३ सालको वैशाख महिनातिर म, गुरुको श्रीमती, विष्णु बल, रिता घलान तथा अन्य केही चेला समेतलाई गुरुका मान्छेहरुले सर्लाही जिल्लाको पत्थरकोटस्थित आश्रममा लिएर आए।

    आश्रमभित्र गुरु बस्ने घर, खाना पकाउने किचेन छुट्टा छुट्टै घरमा थियो। र, ती घरबाट २/३ फिट पैदल हिँड्ने दुरीमा ५/६ वटा टहराहरु थिए। ती टहरामा चेला तथा भक्तहरु बस्थे। म गुरुको खाना पकाउने भान्सा कोठामा बस्थें।

    २०७३ साउन २० गते राति ९ देखि १० बजेको बिचमा म किचेनमा सुतिरहेको बेला गुरुले मलाई बोलाउनु भयो। म बाहिर निस्किने बित्तिकै गुरुले एक हातले मेरो मुख थुनेर, अर्को हातले मेरो दुवै हात पछाडि लगेर समाएर उहाँको सुत्ने कोठामा लगेर ढोकाको चुक्कुल लगाई मलाई प्लास्टिकको कार्पेटमा लडाउनु भयो।

    सुरुमा ‘यस्तो के गरेको गुरु’ भन्दै कराएँ। गुरुले मेरो कपडा खोल्न खोजेपछि म डरले थर थर भएँ अनि चिच्याउन थालेँ। गुरुले मलाई १० मिनेट जति बलात्कार गर्नुभयो। म रोएँ, चिच्याएँ तर त्यहाँ कोही आएन।

    बलात्कार गरिसकेपछि गुरुले ‘कसैलाई भनिस् भने राम्रो हुँदैन’ भनेर मलाई नानाथरी डर त्रास देखाउनु भयो। गुरुआमा श्रीमती दीपशिखा डुम्जनलाई पनि नभन भन्नुभयो।

    मलाई दुई हप्तासम्म हिँडडुल गर्न गाह्रो भएको थियो। तर पनि डरले यो कुरा कसैलाई भनिनँ। घटनाको दुई दिनपछि गुरुको श्रीमती आउनुभयो। केही हप्तापछि म र मेरो एक जना साथी ३३ वर्षीय विष्णु बलको पत्थरीको अपरेशन गर्न काठमाडौं गएका थियौं।

    त्यसबेला गुरुआमाले मलाई फोन गरेर सोध्नुभयो, ‘तिमिले गुरुसँग शारीरिक सम्पर्क राखेको रहिछौ, मलाई किन नभनेको? गुरुले त्यो गर्भवती भइ कि फोन गरेर सोध भनेकाले सोधेकी हुँ।’

    काठमाडौंबाट फर्किएपछि गुरुआमा दीपशिखा डुम्जनले ‘मेरो श्रीमान गुरु रामलाल बम्जनसँग किन शारीरिक सम्पर्क राखेको’ भन्दै मलाई झापड हान्नुभयो। तर गुरुले भने त्यसपछि पनि एक्लै भएको मौकामा शारीरिक सम्पर्क राख्ने प्रयास गरिनै रहनु भयो। ‘मलाई तिम्रो शरिर चाहिन्छ’ भन्दै मेरो संवेदनशील अंगमा छुने, सुमसुम्याउने र फकाउने गरि नै रहनुभयो। मैले त्यसको विरोध गर्दै आएको थिएँ। मैले आश्रमबाट निस्कन पटक पटक अनुरोध गर्दा पनि गुरुले मेरो कुरा नसुनी उल्टै कुटपिट गर्नुहुन्थ्यो।

    मलाई धेरै नै तनाव भएपछि एक दिन मैले डोरीको पासो लगाएर आत्महत्याको प्रयास गरेँ। तर साथीहरुले थाहा पाएर गुरुको मान्छेलाई सूचना दिएछन्। त्यहाँबाट मलाई बचाएर कडा निगरानीमा राख्न थाले।

    त्यसपछि गुरुले मलाई थाहा नै नदिई मेरो बुबालाई झिकाएर के के कागजमा मेरो र बुबाको सही छाप गराउनु भयो। अनि उल्टै ममाथि ८ लाख रुपैयाँ चोरेको अभियोग लगाएर म र मेरो भाइलाई बुबाको जिम्मा लगाएर पठाउनु भयो।

    पीडितलाई न्याय दिलाई प्रतिवादीलाई कडाभन्दा कडा कारबाही गरिपाउँ।

    प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन भिडियोमा हेरौं :

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - ०५:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij