Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

देउवा निवासमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक, को-को छन् सहभागी ?

देउवा निवासमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक, को-को छन् सहभागी ?


  • 5.2K
    Shares

    देउवा निवासमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक, को-को छन् सहभागी ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    आजको बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सहमहामन्त्री डा। प्रकाश शरण महत सहमहामन्त्री सुनिल बहादुर थापा कोषाध्यक्ष सीता देवी यादव गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाणं पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पूर्वमहामन्त्री प्रकाशमान सिंहको उपस्थिति रहेको छ ।

    त्यस्तै केन्द्रीय सदस्यहरुडा। मिलेन्द्र रिजाल, डा। रामशरण महत, पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेल पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगातयका नेताहरुको उपस्थिति रहेको छ ।

    आजको बैठकमा आगामी महाधिवेशनसहित सरकार सञ्चालनका विषयमा छलफल भइरहेको बताइएको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १४:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij