Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई


  • 5.6K
    Shares

    • images
    मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

    बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । यसका लागि मन्त्रालय बाँडफाँडाको कामहरु सुरु गर्ने निर्णय पनि कार्यदलले गरेको छ । 

    सत्ता साझेदार पाँच दलका प्रतिनिधि सहभागी भएको बैठकमा सरकारका कामहरुबारे पनि छलफल गरिएको छ । 

    ‘सत्ता गठबन्धनमा दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव पनि दिनु भएको छ,’ नेपाली कांग्रेसका नेता तथा सत्ता सन्चालनमा सहजीकरणका लागि बनाइएको कार्यदलका सदस्य पूर्णबहादुर खड्काले भने, ‘सरकार छिटो विस्तार गर्नु पर्ने छ भन्नेमा सबैको सहमति छ ।’

    प्रधानमन्त्रीलाई नेताहरुले सुझाव दिएको र प्रधानमन्त्रीले सरकारका कामबारे अगाडि पनि सुझाव चाहिने बताएको खड्काले जानकारी दिएका छन् ।

    ‘मन्त्रिपरिषद् पनि छिटो विस्तार गरिने भनिएको छ,’ उनले भने, ‘तर, यही दिनभित्र विस्तार गर्ने भन्नेबारे कुनै छलफल भएको छैन ।’

    २९ असारमा प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाहिँ गत साता नै मन्त्रिपरिषद् विस्तार गर्न चाहेका थिए । तर, जनता समाजवादी पार्टी र नेकपा एमालेमा भइरहेको विवादका कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १२:२६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij