२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनको बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको उनले बताए । माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्री टुंगो लगाउन बैठक बोलाइएको थियो ।
सत्ता गठबन्धनकोे बैठकबाट मन्त्रिपरिषद् विस्तारको विषय टुुंगो लागे आज स्थायी कमिटी बैठक बस्ने मंगलबारको बैठकपछि नेताहरुले बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij